कक्षा १२ को छुटेका विद्यार्थीहरुको छुट परीक्षा पुस १६ गते हुने

१२ पुस, काठमाण्डौ । कोरोना महामारीका कारण यसअघि परीक्षामा सहभागी हुन नपाएका कक्षा १२ का विद्यार्थीले अब परीक्षा दिन पाउने भएका छन् ।

उक्त परीक्षा पुस १६ गतेदेखि सुरू हुने राष्ट्रिय परीक्षा बोर्डले आज सूचना निकालेर जानकारी दिएको छ ।

गत मंसिर ९ गतेदेखि १६ गतेसम्म कक्षा १२ को परीक्षा भएको थियो ।

कोरोना लागेका कारण कतिपय विद्यार्थी परीक्षामा सहभागी हुन पाएका थिएनन्। कतिपयले पूरै विषय त कसैले कुनै कुनै विषय मात्रै परीक्षा दिएका थिए । यसअघि परीक्षामा छुटेका विषयहरूको परीक्षा पुस १६ गतेदेखि सुचारू हुने बोर्डले जनाएको छ ।

परीक्षा छुटेको जानकारी बोर्डमा दिएका विद्यार्थी परीक्षामा सहभागी हुन हुने बोर्डको भनाइ छ । परीक्षाको समयतालिका बोर्डको वेवसाइटमा राखिएको छ ।

यो परीक्षा विद्यार्थी पढेकै विद्यालयबाट दिन सक्नेछन्।