नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहका आज पनि आन्तरिक बैठकमा बस्दै

१२ पुस, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह आगामी रणनीति तय गर्न आज पनि आन्तरिक बैठकमा व्यस्त हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय नेतादेखि जनवर्गीय संगठनका बैठकहरु बस्ने छ ।
केन्द्रमा मात्र होइन्, प्रदेश र स्थानीय तहमा समेत बैठक गरी कार्यकर्ता आफूतर्फ तान्ने कसरतमा दुवै समूह रहेका छन् ।