प्रचण्ड(नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल सहित नेताहरू निर्वाचन आयोग

१० मंसिर, काठमाण्डौं । प्रचण्ड(नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपालसहित नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

शुक्रबार बिहान माइतीघरमा प्रदर्शन गरेपछि उक्त समूहका नेता(कार्यकर्ता नाराबाजी गर्दै निर्वाचन आयोगतिर गएका थिए ।

अहिले अरू प्रदर्शनकारीलाई जमलमै रोकिएको छ भने शीर्ष नेताहरू आयोगभित्र पुगेका छन् ।

आयोगमा पुगेर उनीहरूले आफूहरू आधिकारिक नेकपा भएको दाबी प्रस्तुत गर्नेछन् ।