माइतीघर मण्डलामा : हामी यहाँ छौं ,नेकपा प्रचण्ड-माधव

१० मंसिर, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग सँगै विधाजन भएको नेकपाको प्रचण्ड(माधव समूहले माइतीघर मण्डलमा प्रधानमन्त्री ओलीको सो कदमको बिरोध प्रदर्शन गरेको छ ।
बिहान साडे ९ बजेदेखि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ ।

उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातिमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका छन् ।

उनीहरू कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् । प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंगको उक्त कदम असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्न दलहरूले माग गरिरहेका छन् ।