प्रतिनिधिसभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड(माधव समूहले माइतीघर मण्डलमा प्रदर्शन

१० मंसिर, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन् ।

शुक्रबार बिहान साडे ९ बजेदेखि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पनि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् ।

प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ ।