म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा

९ मंसिर, काठमाण्डौं । म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युनाइटेडले बुधबार भएको क्वार्टरफाइनलको खेलमा एभर्टनलाई २(० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेल सकिन दुई मिनेट बाँकी छदासम्म दुवै टिमले गोल गर्न सकेनन् ।

८८ मिनेटमा युनाइटेडका काभानीले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए ।

दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा मार्सियलले युनाइटेडका लागि दोस्रो गोल गरे ।