ला लिगामा ग्रानडालाई २-० गोलले हराउदै रियल म्याड्रिड शिर्ष स्थानमा

९ मंसिर, काठमाण्डौं । स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । रियलले बुधबार भएको खेलमा ग्रानडालाई २(० गोलले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ मिनेटमा रियलले अग्रता लियो ।

रियलका लागि कासेमिरोलले गोल गरे । उनलाई गोल गर्न एसेन्सियोले पास उपलब्ध गराए ।

दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा रियलले अग्रता दोब्बर पारेको थियो ।

रियलका लागि करिम बेन्जिमाले दोस्रो गोल गरे । बेन्जिमाले इस्कोले दिएको पासलाई सदुपयोग गरेका थिए ।

यो रियलको सबै प्रतियोगितामा लगातार छैटौ र ला लिगामा लगातार पाँचौ जित हो ।

जितसँगै रियलले अंक तालिकाको शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ ।

शीर्ष स्थानको एट्लेटिकोको १३ खेलबाट ३२ अंक छ । दुई खेल बढी खेलेको रियलको १५ खेलबाट ३२ अंक भएको छ ।

रियल सोसिडाड १६ खेलबाट २६ अंक जोड्दै तेस्रो स्थानमा छ ।

चौथो स्थानको भिल्लारियलको १५ खेलबाट २६ अंक र १४ खेलबाट २४ अंक बटुलेको बार्सिलोना पाँचौ स्थानमा छन् ।