Breaking News

प्रचण्ड–नेपाल पक्षीय भेलाका नेकपाका ७० प्रतिशत केन्द्रीय सदस्य सहभागी भएको दाबी

७ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले डाकेको केन्द्रीय कमिटी बैठकमा झन्डै ७० प्रतिशत सदस्य सहभागी भएको उक्त समूहले दाबी गरेको छ ।

मंगलबार दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको उक्त समूहको बैठकमा ३ सय १० जना सहभागी रहेको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए ।

नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन् ।

यसअघि आजै अर्का अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक गरी ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य थपेर सपथ खुवाएका थिए ।

प्रचण्ड–नेपाल पक्षले भने बालुवाटारमा भएको बैठकलाई गुट भेला भएको बताएका छन् ।