बालुवाटारमा नेकपा स्थायी कमिटी सदस्यको बैठक सुरु

५ पुस, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरू भएको छ ।

अहिले साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरू बैठकमा बसेका हुन् ।

यसअघि आजै बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेको थियो । सोही सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

संसद विघटन भएपछि दिउँसो १ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो ।

साँझपख प्रचण्ड र नेपाल पक्षधरका सदस्यहरू बैठक बसेका हुन् ।

प्रधानमन्त्री ओली र उनीनिकट स्थायी समिति सदस्य भने बैठकमा सहभागी छैनन् ।

यसअघि प्रचण्डसँगै रहेका रामबहादुर थापा ’बादल’, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट पनि बैठकमा सहभागी छैनन् ।