राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस

प्राय सबै आयोगमा रिक्त पदहरुमा सिफारिस

५ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस भएका छन् ।

केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मगरलाई आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगको सदस्यमा मनोज दुवाडी, सूर्य ढुंगेल, लिली बस्नेत थापा र मिही ठाकुर सिफारिस भएका छन् ।

त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध गुरुङ र अमरराज मिश्र सिफारिस भएका छन् ।

राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला कुमारी पराजुली, सदस्यहरूमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा सिफारिस भएका छन् ।

राष्ट्रिय दलित आयोगको अध्यक्षमा देवराज विक, सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेले पार्की सिफारिस भएका छन् ।

राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री, सदस्यहरूमा रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवान सिफारिस भएका छन् ।

आदिवासी जनजाति आयोगको अध्यक्षमा रामबहादुर थापा, सदस्यमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना, चरण राई सदस्यमा सिफारिस भएका छन् ।

मधेसी आयोगको सदस्यमा जिवक्ष साह, रेणुदेवी शाह, विजय गुप्ता सिफारिस भएका छन् ।

थारु आयोगमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी सिफारिस भएका छन् । मुस्लिम आयोगमा महमुद्दीम अलि र मिर्जाअर्सद बेग सिफारिस भएका छन् ।