ओलीले संसद विघटन गरेपछि सुरक्षाकर्मी हाईअलटमा

५ पुस, काठमाडौं । आज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संंसद बिघटनको सिफारिस गरेपछि एकाएक बदलिएको राजनीतिक घटनाक्रमले चारै सुरक्षा निकायले आफ्ना मातहतलाई ‘चनाखो बस्न’ सर्कुलर गरेका छन् ।

राजनितीक परिदृश्य फेरिएको भन्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले देशभर ‘चनाखो’ बस्न भन्दै सर्कुलर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि सुरक्षा निकायलाई ‘हाई अलर्ट’ राखिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताएका छन् ।