बुढानीलकष्ठमा देउवा निवासमा काँग्रेस र जसपा नेताहरुबीच भेटवार्ता

४ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीच भेटवार्ता भएको
छ । छलफलमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता मिनेन्द्र रिजाल, रमेश लेखक र जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए ।

देउवा निवास बुढानीलकण्ठमा उनीहरुबीच दिउँसो तीन बजेबाट छलफल भएको थियो । सभापति देउवाले संसदको विशेष अधिवेशन बेलाउन जसपाले सहयोग नगरेको आसयको ट्वीट गरेपछि जसपाका शीर्ष नेता बुढानीलकण्ठ पुगेको बुझिएको छ ।
छलफलमा सरकारलाई संसद खुलाउन दबाव दिनेबारे छलफल भएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरेको विषयमा पनि कुरा उठाइएको छ ।