सरकारद्धारा घरधनीलाई चैत्र महिनाको घरभाडा नलिन सर्कुलर जारी

कदर न्यूज समाचार
चैत्र १७, काठमाण्डौ । विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखा परेपछि सरकारले सो भाइरसलाई फैलिन नदिन एक हप्ते लगडाउन पछि पनि फेरि अर्को एक हप्ते लकडाउन गरेपछि देशको आर्थिक गतिविधि ठप्प रहेका बेला दशैभरीका घर धनीलाई आफ्नो घरमा डेरा गरेर बसोबास गरेका हरुलाई एक महिनाको घरभाडा तिर्नु नपर्ने सर्कुलर जारी गरेको छ ।
मन्त्रिपरिषद्को हिजो १६ गते आइतवार बसेको बैठकले घरधनीहरुलाई एक महिनाको घरभाडा नउठाउन अपिल गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले दशैभरीका घरभनीलाई एक महिनाको भाडा नलिन अपिल गर्ने निर्णय गरेको कुरा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमा जनाएका छन् । उनले पत्रकार सम्मेलनमा यसवापद सरकारले घरधनीहरुसंग घरबाहल कर नलिने पनि निर्णय समेत निर्णय गरेको बताएका थिए । तर सरकारको यस खालको निर्णय सहरानीय भएपनि यो निर्णयलाई घरधनीहरुले के कति सहजकर्ता बनेर छुट दिनेहुन त्यो भने व्यवहारमा देखिने छ ।