नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता

१ पुष, काठमाडौं । नेकपामा भएको विवादले केही मन्थर भए पनि निचोड भने निस्केको छैन । पर्सि आइतबार स्थायी कमिटी बैठक बस्दैछ भने प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश फिर्ता गर्ने भने पनि फिर्ता भने भएको छैन । यही भूमरिमा रहेको राजनीतिक घटना क्रमसँगै आज नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

तीन नेताबीच आज शुक्रबार अपराह्न भेट भएको हो । भेटमा अध्यादेश प्रकरण र समसामयिक विषयमा छलफल भएको स्रोतले बताएको छ ।