मनकारी लंकबहादुर बमद्धारा जन्मदिनको अवसरसँगै गरिब, बिपन्नता बिद्यार्थीका लागि बार्षिक ५ हजार सहयोगको घोषणा

२ मंसिर, काठमाण्डौं । साविक राम्नाकोट गाविस वडा नम्बर ५ हाल : पचालझरना गाउँपालिका ४ वडा निवासी बुबा नर बहादुर बम र आमा मैनकला बमको चौथो सन्तानको रुपमा आज कै मितिमा ३४ वर्ष अगाढी सोही पचालझरना ४ राम्नाकोटको धर्तिमा जन्मिनु भएको थियो लंक बहादुर बम । उनका अनुसार आफ्नो बुबा नरबहादुर बमले बिद्यालयको शिक्षा तीन कक्षा सम्म अध्ययन गर्न पनि जुम्ला जिल्ला सम्म गएर शिक्षा हासिल गरेको स्मरण गराउँदै त्यस बेलाको शिक्षा कति कठिन र विकटता भएको सम्झदै तर हाल शिक्षाले विकटताको फट्को सँगै सोही आफ्नै जन्मभूमि पचालझरना गाउपालिका वडा नं. ४ स्थित श्री ज्ञानोदय माध्यमिक बिद्यालय राम्नाकोटमा साधारण तर्फ दश जोड दुई र प्राविधिक शिक्षा तर्फ १८ महिने प्रि–डिप्लोमा कृर्षि जे.टि.ए.पढाई हुने भएकोमा खुसि व्यक्त गरेका छन् । आफूले सोही बिद्यालयबाटै शिक्षाको ढोका उर्घादै दश कक्षा सम्मको शिक्षा हासिल गरेर जागिरे व्यवसायीक जीवन सुरु गरेको पनि आजै ११ वर्ष पुरा भएको र आफ्नो ३४औं जन्म उत्सबको अवसर पारेर आफ्नो दैनिक जीवनमा हुने फजुल खर्च कटौती गरेर बचाएको सानो रकम उक्त बिद्यालयमा प्राविधिक शिक्षा तर्फ १८ महिने प्रि–डिप्लोमा कृर्षि जे.टि.ए.अध्ययनरत एक जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई चालु शैक्षिक शत्र २०७७/०७८ देखि बार्षिक रुपमा रु.५,०००।– आर्थिक सहयोग गर्ने कुरा बताउनु भएको छ ।

मनकारी सहयोगी दाता लंकबहादुर बमले कदर न्यूजलाई जानकारी दिंदै भन्छन्, म सँग धेरै पैसा भएर सहयोग गर्न खोजेको नभई बुबा आमाको सल्लाह, सुझाब र प्रेरणाले गर्दा मेरो नियमित आम्दानीबाट कमाएको थोरै रकमबाट फजुल खर्च कटौती गरेर बचत गरेको उक्त रकम समाजसेवामा लगाउने सोच भएको मनकारी लंक बमले बताए । हेर्दा र सम्झदा सानो रकम भए पनि सहयोगीदाता बमको यो सहयोग जो पढ्ने ईच्छा भएका र आर्थिक कमजोरीका कारण शिक्षा लिनबाट बञ्चित भएका गरिब र जेहेन्दार बिद्यार्थीको लागि ५ लाख बराबर रकमको रुपमा लिन सकिन्छ । हाम्रो समाजमा यस्ता मनकारी र सहयोगी भावना भएका मान्छे विरलै पाइन्छन् ।हुनत पचालझरनामा आर्थिक सम्पन्नता र व्यापारी हिसावले कहिलिएका धेरै छन् तर पनि लंक बहादुर बम आर्थिक हिसाबले सम्पन्नता नभए पनि मनको र सहयोगी हिसाबले तिनिहरुलाई दरै झापड दिएर सबक पनि सिकाएका छन् । मनकारी लंक बमको यो कदमले भोलिका दिनमा सो प्रि–डिप्लोमा कृर्षि जे.टि.ए. अध्ययनरत शिक्षालयमा यस्ता मनकारी दाता नआउलान पनि भन्न सकिन्न ।

भरखर संचालनमा आएको सो बिद्यालयमा लंकबहादुर बमको यो सानो रकमले पढ्न चाहने र आर्थिक कमजोर भएका बिद्यार्थीलाई हौसला र पढ्ने प्रेरणा जागृत हुनुका साथै बिद्यालयलाई ठुलो राहत महशुस भएको जानकारी श्री ज्ञानोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक ममराज सेजुवाल बताउनु हुन्छ ।

सहयोगी दाता लंकबहादुर बम आफ्नो बाल्यकाल र बिद्यालय जीवनलाई कोट्याउँदै मेरो बिद्यार्थी जीवनमा पनि मैले स्वयम भोगेको छु, परीक्षा फारम भर्न जम्मा एक हजार रुपैया नभएर परीक्षा फारम छुटेर एक वर्ष पछि फेरी परीक्षामा सामेल भएको नमिठो अनुभव सुनाउछन् । त्यसैले आफूले आफ्नै अनुभवलाई मध्यनजर गर्दै अरुले पनि यस्तो नियती नभोग्नु परोस् भनेर सानो रकमको व्यवस्था गर्न लागेको र आफ्नो क्षमताले सकेको सहयोग गरी मानवीय कर्तब्य निर्वाह गर्न लागेको र त्यहाँ पढ्ने हाम्रो गाउँ समाजका भाइबहिनी नै भएकाले भोलिका दिनमा आफ्नो सहयोगले तिनिहरुको उज्ज्वल भविस्य निर्माणका लागि शिक्षालाई धर्म सम्झेर समाज सेवा गर्ने कामको सुरुवात गरेको हुँ मेरो यस खालको कदममा कोही मनकारी सहयोगी दाता हुनुहुन्छ भने लामबद्ध हुन अनुरोध समेत गरेका छन् ।

 

हाल कार्यरतः

लंक बहादुर बम
प्रदेश प्रमुख

कर्णाली प्रदेश कार्यालय सुर्खेत
एनएमबि लघुबित्त बित्तीय संःथा लि.