राष्ट्रपति महोदय आँखा नचम्काइ बक्स्योस्, हात नचम्काइ बक्स्योस्, हिम्मत भए काठमाडौंमा चुनाव लड्न आइबक्स्योस्

काँग्रेस नेता, गगन थापा

२९ मंसिर, धनगढी । नेपाली कांग्रेसले आज गरेको देशै भरीको प्रदर्शन अन्तर्गत काँग्रेस नेता गगन थापाले आज धनगढीमा सम्बोधन गर्ने क्रममा सरकारका क्रियाकलापबाट आजित भएर सडकको सहारा लिनुपरेको र सरकार ठेगानमा नआएसम्म सडकबाट नफर्कने बताएका छन् ।

‘बालुवाटारको दुलोमा लुकेर षड्यन्त्र गरेको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको छ,’ ‘सरकारले घुँडा नटेकेसम्म हामी सडकमै रहन्छौं ।

कोरोना महामारीबीच सक्दो सतर्कता अपनाएर सडक प्रदर्शन गर्ने उनले बताए ।
सभाबा बोल्ने क्रममा गगनले राष्ट्रपति विद्यादेवी भण्डारी महामहिम नभई जनताले नै बनाएको राष्ट्रपति भएको स्मरण गराउँदै, ‘राष्ट्रपतिले मर्यादा राख्नुभएको छैन । प्रचण्ड र केपी ओलीको झगडा मिलाउने जिम्मेवारी राष्ट्रपतिको होइन । स्वर्गीय मदन भण्डारीले बोलेको भाषण सुनाएर मात्रै राष्ट्रपतिले चुनाव जितेको आरोप लगाए ।

अलि चकै स्वरमा नेता गगनले राष्ट्रपति महोदय आँखा नचम्काइ बक्स्योस्, हात नचम्काइ बक्स्योस्, हिम्मत भए काठमाडौंमा चुनाव लड्न आइबक्स्योस्, राजालाई त सडकबाट फाल्यौं । राष्ट्रपतिलाई पनि सडकमा ल्याउन हिम्मत राखौं ।

सरकार जतिसुकै शक्तिशाली भए पनि जनतालाई शक्तिशाली बनाउने काम नगरेको उनको तर्क थियो । ‘सरकारले तत्कालै गर्नुपर्ने काम गर्दैन, जहिल्यै पुरा नहुने हावादारी कुरा मात्रै गर्छ,’ उनले भने, ‘मुखले भ्रष्टाचार गर्दैनौं भनेको सरकार आफैंले वाइडवडी, सेक्यूरिटी प्रेस, वालुवाटारको जग्गा खर्लप्प खायो ।

उनले लकडाउन गरेर मजदुर, जनतालाई घरमा थुनेर सरकार आफूलेचै सिन्कोसमेत नभाँचेको थापाको आरोप छ ।

अख्तियारले छानबिन गरिररहेको मान्छेलाई प्रधानमन्त्रीले निर्दोष घोषणा गर्दै भ्रष्टाचार संरक्षण र प्रोत्साहन गरेको उनले आरोप लगाए ।

भारतले मिचेको भूमि फिर्ता ल्याउन कांग्रेसले नक्सा जारी गर्न सरकारलाई दवाव दिएपछि प्रधानमन्त्रीले बाध्य भएर नक्सा बनाएको उनको दावी थियो ।

नेकपाका अध्यक्ष प्रचण्ड र नेता नेपाललाई इंगित गर्दै आफ्नै पार्टीको प्रधानमन्त्री भ्रष्ट छ भनेर उहाँहरूले नै लेखेको दावी गरे । ‘हामीले भ्रष्टचारीलाई पनि प्रधानमन्त्री भनेर बोकेर हिड्नुपर्ने दिन आयो ।
सुदूरपश्चिम प्रदेशका जनताले संघीयता, गणतन्त्र, समावेशीता र संविधानको पक्षमा आवाज उठाउनुपर्नेमा ठिक उल्टो भएको बताए ।

सरकारले प्रस्ताव गरेको कानुनमा नागरिकले बोल्न र लेख्न पाउने अधिकार खोस्न खोजेको आरोप उनको थियो ।

उनले सरकारले सामाजिक सञ्जालमा आफ्ना विचार लेख्न पनि रोक्ने कानुन बनाउन लागेको उनले आरोप लगाए ।

नेता थापाले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विषयमा बोल्दै सरकारको नियतमाथि प्रश्न उठेको बताएका थिए ।