Breaking News

सन्दर्भ बर्हिर्गमित जनमुक्ति सेना : गलत प्रवृत्तिको घोर बिरोध गर्दै बहिष्कार गरौं

त्कालीन नेकपा माओवादीले उमेर नपुगेका ( बाल सेना) लाई शान्ति सम्झौता पश्चात् जनमुक्ति सेनामा भर्ती भएको भन्ने हेतुले ४००८ जना जनमुक्ति सेनाहरुलाई अयोग्यको बिल्ला भिराई ब्यारेक बाट रित्तो हात बहिर्गमन गरायो जसलाई बहिर्गमित जनमुक्ति सेना नेपाल भन्ने गरेका छौं ।

ब्यारेकबाट बहिर्गमन भइसकेपछि बहिर्गमित जनमुक्ति सेना नेपालका १० जना भन्दा बढी साथीहरुले अयोग्यको बिल्ला लागेको कारण आत्मग्लानी महसुस गर्दै आत्महत्या समेत गरेका छन् । यो कुरा सम्पुर्ण सबै साथीहरूलाई सर्वविदितै छ ।

तत्कालीन समयमा ब्यारेकबाट बहिर्गमन भएपछि साथीहरुले बहिर्गमित जनमुक्ति सेना का सदस्यहरुमा घोर अपमान भएको महसुस गरी बहिर्गमित जनमुक्ति सेना नेपाल संगठनको नाम राखेर संगठन निर्माण गरेको पनि सबैमा जानकारी नै छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्नको लागि २०५२ साल फागुन १ गते देखी शंखघोष गरेको माओवादीको जनयुद्धमा ज्यानको बाजी दिँदै लड्न योग्य जनमुक्ति सेनाहरुलाई शान्ति प्रक्रिया पश्चात् केही राजनैतिक स्वार्थको लागि अयोग्य भनियो ! यो अपमान जनक शब्दको विरोधमा गल्ती गरेको महसुस गर्दै अधिकारको लागि सम्पूर्ण साथीहरु गोलबन्द भएको पनि हामी सबैलाई जानकारी नै छ ।

यिनै मुद्दामा झण्डै १२ वर्षसम्म हामीलाई अयोग्य किन भनियो ? हामीलाई योग्य बनाई देउ ! हामी योग्य जनमुक्ति सेना हो । भनेर निरन्तर हालसम्म सरकार, सत्ता, पार्टीसँग विभिन्न चरणका आन्दोलनहरू गरेर आएका हौ । यही आन्दोलनमा धेरै साथीहरू घाइते हुनुभएको छ, जेल पर्नुभएको छ, धेरै सदस्यहरूले आफ्ना अंगहरु पनि गुमाउनु भएको छ । यी सम्पूर्ण घटना बहिर्गमित जनमुक्ति सेना को आधिकार प्राप्तिको आन्दोलनमा भएका हुन् ।

हामी सवै सदस्यहरुले उक्त आन्दोलनमा धेरै त्याग तपस्या बलिदानी गरेका छौं । विभिन्न उतारचढाव हरुसँग लड्दै दुई लाइन संघर्षलाई चिर्दै आइरहेका छौं । तर पनि संगठनको आन्तरिक विवादका कारण हुन लागेका कामहरु पनि नभएको धेरै घटना छन् वितितै छन् । साथीहरुलाई जानकारी नै होला, केही साथीहरुको संगठनमा विभिन्न खालका आचरणको कारण संगठन नै विभाजित भएको पनि थियो । विभिन्न कालखण्डमा सरकारसँग वार्ता गर्ने सवालमा केही साथीहरुले व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेर संगठनलाई आघात पुर्याउने काम पनि भयो । सिंगो संगठनलाई आघात पुग्ने गरी केही साथीहरुले व्यक्तिगत स्वार्थमा लिप्त हुद्दा ४००८ जनालाई गुमराहमा राखी व्यक्तिगत स्वार्थ पूरा गर्न लागेका कारण धेरै अवरोध भए र संगठन तितरवितर भएको पनि सबैमा जानकारी नै होला । (जसमा हेगको हाउगुजी एक हो ।)

यतिकैमा संगठनबाट विचलित धेरै साथीहरु आफ्नो बाटो लागेका पनि हुन् । विचलित र धरासायी भएको माग, मुद्दा, आन्दोलन, संगठनलाई जसोतसो सकी नसकी बचाएर राखेर आजसम्म यो स्थितीमा पुर्याएका छौं । विभिन्न कालखण्डमा आफ्ना व्यक्तिगत काम गर्दागर्दै आफ्नो व्यक्तिगत खर्चलाई संगठनका विभिन्न कामहरुका लागि त्यागेका छौँ । सर्वोच्च अदालतमा भएका मुद्दाहरूमा हप्ता÷महिनैपिच्छे सर्वोच्च अदालतमा तारिक लिने सम्मका काम पनि हामीले निरन्तर गरेका छौं । राजनीति दलका नेतासंग सबाद, राज्यका बिभिन्न संवैधानिक निकायसंग कानूनी लड़ाई निरन्तर गर्दै आएका छौं ।

सोही क्रममा संगठनलाई बचाउनको लागि हामीलाई निकै गाह्रो परिसके पछाडि हामीले २०७६ माघ ९ र १० गते चौथो राष्ट्रिय सम्मेलन गरेर नयाँ नेतृत्व चयन गर्दै, चौथो राष्ट्रिय सम्मेलनमा विभिन्न राजनीति दल, सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारसँग सहकार्य गरी जति सकिन्छ जसरी सकिन्छ सानातिना समस्याहरू समाधान गर्दै, विस्तारै साथीहरूको व्यवस्थापन गर्दैै जाने र सहकार्य गर्दै जाने भन्ने प्रस्तावमा सर्वसहमतिले पारित गर्दै राष्ट्रिय सम्मेलन समापन गरियो ।

सोही राष्ट्रिय सम्मेलनको निर्यण कार्यान्वयन गर्ने सवालमा हामीले विभिन्न संघसंस्थाहरु, सरकार र स्थानीय सरकारमा आवेदनहरू दियौँ हामी तपाईहरु सँग सहकार्य गर्न चाहन्छौं भन्दै हाम्रा माग मुद्दा समाधान गर्न हामिलाई सहयोग गर्न अनुरोध गर्यौ । यही अनुरोधलाई स्वीकार्दै बिभिन्न संस्थाले हामीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर समेत गरें । विभिन्न प्रदेश सरकारहरु सँग पनि हामीले कामहरु गर्ने सोचाइमा छौं ।

बिभिन्न संस्था, राजनीतिक दल र सरकारसंग को सहकार्यमा हामीले देशका विभिन्न ठाउँमा जीविकोपार्जनको लागि कृषिसम्बन्धी, स्वरोजगारको लागि सिलाइ बुनाइ ,मुडा बुन्ने , वर्कसप राख्ने ब्युटी पार्लर गर्ने लगायतका कामहरुमा ४५ भन्दा बढी साथीहरुलाई सहभागी गराएका छौं । पुराना घाउलाई बिस्तारै बिर्षदै जीविकोपार्जन र रोजगार उन्मुख गराउनको लागि विभिन्न सीपमूलक तालिम पनि दिलाएका छौँ ।

यस्ता खालका कामको लागि विगतमा आएका उपलब्धिलाई एकजना व्यक्तिले वर्षौसम्म एक्लै फाइदा लिई रहेको थियो । यो कुरा हाम्रो संगठनका पदाधिकारीहरु जानकारी भयो जसलाई निकाल्दै संगठनले सामूहिक काममा लगायौ । जसले आफ्नो पारिवारिक सदस्यलाई समेत जागिर लगाउने सपना÷प्रतिवद्धता भंग भयो । त्यो चित्कार, रोदन प्रकट गर्न नसके पछि बिभिन्न माध्यमबाट गलत प्रचार गर्न लगाइयो । यो कार्य खेद जनक छ यस्तो कार्यको घोर भ्रसना गर्दछु ।

आफूले फाइदा लिन नपाएको झोकमा विभिन्न साथीहरुलाई गोटी बनाउँदै रोदन पोख्दै आइरहेका छन् यो खेद जनक कार्य हो । यस्ता गलत प्रवृत्तिको सबैले घोर बिरोध गर्दै बहिष्कार गर्नुपर्छ । आन्दोलनको बिरुद्ध लाग्ने जो कोही दालाललाई कानूनी कारबाही गर्नु पर्छ ।

ब्यागतिगत स्वार्थलाई केन्द्रमा राखेर संगठनलाई धोका दिने व्यक्तिलाई बहिष्कार गर्नुपर्छ ।

लेखक : खडक बहादुर रम्तेल (सम्राट)