दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम तोडफोड गर्ने एक जना पक्राउ

२७ मंसिर, काठमाडौं । दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ घर भई चुनिखेल बस्ने ४० वर्षीय आनन्द तामाङलाई रहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।

उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो ।  उनी मानसिक बिरामी रहेको अनुमान प्रहरीको छ ।

‘पक्राउपश्चात उनलाई पाटन मानसिक अस्पतालमा लगिएको छ’, उनले भने,‘उनका दिदी भिनाजूले नै उनी मानसिक रोगी बताए पछि उहाँहरूकै रहोवरमा त्यता पठाएका हौं ।’

तोडफोडबाट बुथको सिसा फुटेको छ । यद्यपि त्यहाँ भएको क्षतिको उनका दिदी भिनाजूले व्यहोर्ने सहमति भएको छ ।