Breaking News

मुलुकभरमा आज १०१४ जना कोरोना भाइरसका संक्रमित थपिए

२२ मंसिर, काठमाण्डौ । आज देशभरमा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

त्यस्तै आजै १६२८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

कहाँ कति जना संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४, ललितपुरमा ६७, रुपन्देहीमा ५३, चितवनमा ३६, भक्तपुरमा ३१, कास्कीमा ३०, कपिलवस्तु र दाङमा २८–२८, कञ्चनपुरमा २७, कैलालीमा २४, झापा र अछाममा २२–२२, मोरङमा २०, सुर्खेतमा १६, काभ्रे र अर्घाखाँचीमा १५–१५ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै पाल्पामा १४, प्युठान र डडेल्धुरामा १२–१२, सुनसरी र पर्वतमा ११–११, इलाम, तनहुँ, नवलपरासी पश्चिम र बझाङमा १०–१०, बारा, मकवानपुर, बाग्लुङ र बाँकेमा ९–९, धादिङ र नवलपरासी पूर्वमा ८–८, संखुवासभा र स्याङ्जामा ६–६, सप्तरी, सिन्धुपाल्चोक र लमजुङमा ५–५, नुवाकोट, गोरखा, मुगु र जुम्लामा ४–४ जना संक्रमित भेटिएका छन् ।

धनुषा, सिराहा, ताप्लेजुङ, दोलखा, कालीकोट र बर्दियामा ३–३ जना, पर्सा, ओखलढुंगा, सर्लाही गुल्मी, दैलेख, जाजरकोट, रोल्पा र बैतडीमा २–२ र पाँचथर, तेह्रथुम, रौतहट, महोत्तरी, रामेछाप, सिन्धुली र बाजुरामा १–१ जनामा संक्रमण पुष्टि भएको
छ ।