ताजा खबर

मोटरसाइकलको ठक्करबाट ७० बर्षे वृद्धको ज्यान गयो

२२ मंसिर, काठमाण्डौ । हिजो राती बानेश्वरमा सवारी दुर्घटना हुँदा ७० वर्षीय वृद्धको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट ती वृद्धको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्ने क्रममा ७० वर्षीय लोकनाथ धितालको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौँको आलोकनगर बस्ने धितालको गए राति मोटरसाइकलको ठक्करबाट ज्यान गएको महाशाखाका एसएसपी जनक भट्टराईले पुष्टि गरे ।
एसएसपी भट्टराईका अनुसार धितालको पौने १० बजे उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चलाउने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।