पार्टीलाई अनिर्णयको बन्दी बनाउँदैनौ, उठेका बिषयमा बोल्ड निर्णय गछौ

स्थायी समिति सदस्य डा. भीम रावल

२१ मंसिर, काठमाडौं । आज बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टीका स्थायी समिति सदस्य डा. भीम रावलले बैठकपछि पत्रकारसँग भन्नु भएअनुसार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी बैठकमा पत्र पठाएर उपस्थिति जनाउनुभएको बताएका छन् ।

रावलका अनुसार अध्यक्ष केपी ओलीको शरीर उपस्थित नभएपनि बैठकमा पत्र पठाउनुभएको छ । पत्र पठाएपछि त सहभागी भएकै बुझिन्छ ।’ त्यसैले आज बसेको स्थायी कमिटी बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि छलफल भएको बताए ।

आगामी मंसिर २८ गते बस्ने स्थायी समिति र पुष ५ मा बस्ने केन्द्रीय समिति बैठकमा पार्टीभित्रको समस्या समाधान गर्न गम्भीर छलफल हुने र ती बैठकमा पार्टीमा उठेका विषयमा बोल्ड निर्णय गर्ने समेत बताए ।

नेता रावलले ‘पार्टीमा उठेका वियायमा बोल्ड निर्णय गर्छौ । पाटीलाई अनिर्णयको बन्दी बनाउँदैनौ । छलफलका क्रममा लचकता अप्नाउने ठाउँमा अप्नाउँछौ, तर यथोचित निर्णय गरेर जान्छौ ।’ सो पार्टीको आगामी मंसिर २८ गते स्थायी समिति, पुष ५ मा केन्द्रीय समिति बैठक बस्दैछ ।