नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक मंसिर २८ गते र केन्द्रीय कमिटी बैठक पुष ५ गते सारियो

२१ मंसिर, काठमाडौं । आज बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भरखर सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक केहीबेर अगाडि बैठक सकिएको हो ।
बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा बोलेका थिए ।

पार्टीमा देखिएको आन्तरिक समस्या बैठकको कार्यसूची रहेको थियो ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए । उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए ।

उक्त पत्रमा प्रचण्डको प्रस्तावबारे औपचारिक छलफल गर्न नसकिने ओलीले उल्लेख गरेका छन् ।

बैठकमा दुवै अध्यक्षका प्रस्ताव सदस्यहरूलाई बाँडिएको छ । उक्त प्रस्ताव पढ्न सात दिन समय दिइएको छ ।

स्थायी कमिटी अर्को बैठक मंसिर २८ गते बस्नेछ ।

केन्द्रीय समिति बैठक मंसिर २५ गते बोलाइएको भएपनि सारेर पुस ५ गते सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।