अध्यक्ष प्रचण्डको प्रस्तावमा छलफल गर्न नसकिने आफ्नो मान्यता भएकाले बैठकमा आउन सकिन केपी ओली

२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले ओलीको पत्र बाचन गरेर सुनाएका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार ओलीले आफ्नो पत्रमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा छलफल गर्न नसक्ने आफ्नो मान्यता रहेकाले बैठकमा आउन नसक्ने बताएका छन् ।