प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई हटाउन आग्रह

२१ मंसिर, काठमाडौं । हिजो बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको सचिवालयको बिषयमा पनि कुरा उठेको बुझिएको छ । बैठकमा सचिवालय सदस्य एवं पार्टी उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री ओलीलाई प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन चेतावनी समेत दिएका थिए । गौतमले पार्टीको हित विपरित काम गरेको भन्दै थापालाई प्रेस सल्लाहकारबाट हटाउन आग्रह गरेका
हुन ।

उपाध्यक्ष गौतमले बैठकमा भने, ‘प्रधानमन्त्रीले सूर्य थापालाई कारवाही गर्नुस्, उनले प्रशंसा गरे जस्तो गरेर सिध्याइदिन्छन्, अनी थाहा पाउनुहोला । त्यस्तै पूर्वप्रधानमन्त्री एवं बरिष्ठ नेता झलनाथ खनालले ओली पक्षले गोरखापत्र दैनिकको समेत दुरुपयोग गरिरहेको आरोप लगाएका थिए ।

उनले बैठकमा भने, ‘गोरखापत्र केपी ओली गुटको मुखपत्र भएको छ, राष्ट्रको स्रोतसाधन यसरी दुरुपयोग गर्न पाईन्छ ।