नेकपा नेताहरुको दौडधुप : भोलिको सचिवालय बैठकबाट के सन्देश आउला ?

१९ मंसिर, काठमाण्डौ । नेकपामा चुलिदै गएको विवादले पार्टी फुटको अन्तिम अवस्थामा गएपछि नेताहरुको दौडधुप भइरहेको छ । मंसिर २० गते बस्ने सचिवालय बैठकमाट अन्तिम निचोड निस्कने भएकाले आज दिनभरी जसो एकताको सूत्र पहिल्याउने प्रयासमा नेताहरुबीच छलफल र भेटघाट तित्र भएका बेला आजल बिहान नेकपा अध्यक्ष ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ ।

प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान खुमलटार पुगेका थिए ।

प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ ।

यसअघि हिजो महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए । प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले मंसिर १३ गते प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए ।

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन् ।

प्रधानमन्त्री ओली पक्षधरले भने दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन् । तर प्रचण्ड माधव पक्षले भने ओलीलाई प्राधनमन्त्री र अध्यक्ष मध्य एक पदबाट राजीनामा मागेका छन् भने ओली पक्षले दुबै पद नछाड्ने बताइएको छ ।