राष्ट्रिय पंचायतको अध्यक्ष, कानून तथा न्याय मन्त्री, पटक(पटक गृहमन्त्री, नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य लगायत अनेकौं महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएका वरिष्ट राजनीतिज्ञ एबं जेष्ट नागरिक नैन बहादुर स्वाँरको २०७७ साल मंसिर १८ गते ९४ बर्षको उमेरमा (जन्म( बि.सं.१९८४।०८।०९ मृत्यु( २०७७।०८।१८) दुखद निधन भयो ।
९४ बर्षसम्म जीवित रहेर इतिहासको बिभिन्न कालखण्डमा अनेकौं महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु एउटा ऐतिहासिक परिघटना हो । कुनै पनि ब्यक्तिको मूल्यांकन समय सापेक्ष रूपमा हुने गरिने कुरा आफ्नो ठाउमा छदैछ तर यति लामो इतिहास बोकेको ब्यक्तिको मृत्युमा एकाध अनलाईन बाहेक सम्पूर्ण मिडियाको उदासिनका अत्यन्त उदेक लाग्दो छ।यो सत्तासिनताको पछि मात्र दौडिने प्रवृतिको ज्वलन्त नमुना हो भन्न करै लाग्छ ।
मिडिया लोकतन्त्रको पहरेदार हो । यसैले लोकतान्त्रिक शासन प्रणालीमा प्रेसलाई पूर्ण स्वतन्त्रता प्राप्त हुन्छ र यसलाई राज्यको चौथो अंग मानिन्छ । तथ्यमा आधारित, तटस्थता र निष्पक्षता प्रेसको विश्वसनियताको मूल आधार मानिन्छ । सत्ताधारीको गुण गाउनु, सत्ता र शक्ति पछि मात्र दौडिनु र अरू सबै पक्षलाई वेवास्ता गर्नु मिडियाको धर्म होईन । विगतमा पनि देखा परेका यस्ता नकारात्क प्रवृतिका बिरूद्ध प्रेस जगतले सम्झौताहीन संघर्ष गरेको गौरबपूर्ण इतिहास साक्षी छ । के नेपाली मिडियाले आफ्नो गौरबपूर्ण इतिहास बिर्सनु बांछनिय हुन्छ ?
अर्को रोचक तर उदेक लाग्दो पक्ष । नैन बहादुर स्वाँर गिरिजा बाबु सभापति हुँदा केन्द्रीय आमन्त्रित सदस्य हुनुहुन्थ्यो । पक्षधरताको कुरा गर्ने हो नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेस पक्षधर मिडियाले पनि आफ्नो पूर्ब केन्द्रीय आमन्त्रित सदस्यलाई संझेको देखिएन । यो पनि बलेकै आगो ताप्ने प्रवृति होईन र ? नेपाली कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्यको के नै हैशियत रहेछ भन्ने प्रश्न उठ्दैन र ?