पेट्रोलियम पदार्थ चोरीमा सुराकी गर्नेलाई पुरस्कारको व्यवस्था हुने

१६ मंसिर,काडमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ चोरीमा सुराकी गर्नेलाई पुरस्कारको व्यवस्था गर्न गृहकार्य थालेको छ । सुराकी खर्चको लागि कार्यविधि बनाउन लागेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताएका छन् ।

पछिल्लो चार महिनामा निगममा पेट्रोलियम चोरीका आधा दर्जन घटना भएका छन् । चोरीबारे थाह पाए पनि चुप बस्ने प्रवृति हटाउन र अनुसन्धानमा खटिने अधिकारीलाई प्रोत्साहन गर्न यो व्यवस्था गर्न लागेको निर्देशक पौडेल बताउँछन् । ‘पेट्रोलियम चोरीबाट पनि राज्यलाई ठुलो नोक्सान पर्ने भएकाले राजश्व छली र सुन तस्करीमा जस्तै सुराकी खर्चको व्यवस्था गर्न चाहेका हौ’, उनी भन्छन्, ‘सुराकीले पाउने खर्च रकम कार्यविधिले तय गर्छ ।’

सुन तस्करी र राजश्व छलीमा सुराक दिनेलाई पुरस्कारको व्यवस्था छ ।

सुराकीहरुले भारतबाट पेट्रोल, डिजेल ल्याउने ट्यांकर र यताको पेट्रोल पम्पहरुमा हुने मिसावटबारे निगमलाई सूचना दिन सक्ने छन् । सुराकीले भारतीय भूमिमै हुने त्यस्तो कैफियतबारे पनि सूचना दिनसक्ने छन् ।

सूचनाको आधारमा अनुसन्धान गर्दा चोरी वा मिसावट पुष्टि भए उक्त परिमाण बराबरको तेलको मूल्य हिसाब गरेर सुराकी खर्च दिने कार्यविधि बन्दैछ ।

‘हजार लिटर पेट्रोल चोरी भएको सुराक पुष्टि भयो भने आजको मूल्यमा एक लाख सातहजार नगद नोक्सानी समातिन्छ’, ‘कार्यविधिले १० प्रतिशत खर्च दिने निश्चित ग¥यो भने सुराकीले १० हजार ७०० पाउँछन् ।