देशभरमा १३०४ जना कोरोना संक्रमित हुँदा कोरोनाका कारण २१ जनाको मृत्यु

१६ मंसिर, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज १ हजार ३०४ जनालाई कोरोना संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

त्यस्तै यस अवधिमा २ हजार ७३ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म २ लाख १६ हजार ५९४ जना निको भएका छन् ।

आज कोरोनाका कारण थप २१ जनाकाृ मृत्यु भएको पुष्टि छ । यी सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

हालसम्म १७ लाख ४६ हजार ३३० जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।