नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू : भोलि १ बजे पुन बस्ने

१६ मंसिर, काठमाण्डौ । आज बालुवाटारमा बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक रूपमा छलफल सुरू गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रवक्ताका अनुसार सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे फेरि बस्ने बताए ।

उक्त बैठक बस्नु पहिले अनौपचारिक रूपमा पनि नेताहरूबीच संवाद अगाडि बढाउने निर्णय भएको श्रेष्ठले बताएका
छन् ।

प्रचण्डले गत कात्तिक २८ र प्रधानमन्त्री ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गरेका थिए ।