आअ देशभरमा १९३१ जना कोरोना भाइरसका संक्रमति थपिए

१५ मंसिर, काठमाण्डौ । नेपालमा कोरोनाभाइरसका १४७४ जना संक्रमित थपिए । आजै १९३१ जना निको भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । हाल कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।

अब देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । कुल परीक्षण संख्या १७ लाख ३७ हजार ७४७ पुगेको छ ।

आजै कोरोना भाइरसका कारण थप २९ जनाको मृत्यु भएको छ । यो सँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।