दुबै अध्यक्षले छोडेमा नेतृत्व लिन तयार छौ

उर्जा मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य ,वर्षमान पुन

१५ मंसिर, काठमाण्डौ । उर्जा मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य वर्षमान पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन् ।

रोल्पाको लाकुरीमा ३३र११ केभी सबस्टेशनको उद्घाटन समारोहमा मन्त्री पुनले दोस्रो पुस्ता पार्टी र सरकारको नेतृत्व गर्न तयार रहेको बताएका हुन् ।

’दुबै अध्यक्षले हामी प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं र युवा पुस्तालाई नेतृत्व दिन तयार छौं भनेर निर्णय गर्नुस् हामी दोस्रो पुस्ताका नेता अध्यक्ष र प्रधानमन्त्री चलाउन तयार छौ,’ उनले भने,’उहाँहरूले भन्न सक्नपर्छ । हामी उहाँहरूलाई अभिभावक मान्न तयार छौं । तर यो आवेग र उत्तेजनामा आएर गर्ने होइन । हामीले विधिसम्मत ढंगले टुंगो लगाउनु पर्छ । हामी त्यसका लागि तयार छौ ।’

नेकपाभित्रको बहसले सिंगो देशको राजनीति प्रभावित भएको भन्दै उनले सत्तारूढ पार्टीको बहस भएकाले यस्तो भएको बताए । जनताको म्यान्डेटले एकता भएकोले एकता कमजोर नहुने बताए ।

’पार्टीको विवादले देशमा समस्या हुन्छ कि भन्ने चिन्ता छ । हामी त्यसमा जान दिँदैनौ। संविधानले प्रदान गरेको अधिकार गुम्न दिँदैनौं,’ उनले भने,’पार्टीको बहस कहिले उच्च प्रवाहमा र कहिले न्यूनमा हुन्छ । यसले पार्टीलाई नयाँ ठाउँमा पु¥याउँछ । ठूला विवादको निरूपण महाधिवेशनबाट गर्छौं । साना विवादको निरूपण केन्द्रीय कमिटीले गर्छ ।