अछाममा बस दुर्घटना १ को मृत्यु १७ घाइते

१५ मंसिर, कैलाली । धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका ७ मार्कुमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका(३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा थप १७ जना घाइते भएका छन् । उनीहरू सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए ।

यान्त्रिक खराबी हुँदा बस दुर्घटना भएको अनुमान गरिएको उनले बताए । बस साँपे(चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।