नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिजयी

१४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिजयी भएका छन् । ढकालले ५४ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका हुन् । ढकालले आफ्ना प्रतिस्पर्धी किशोर प्रधानलाई हराएका थिए ।
बाग्लुङको बलेवा, अमलाचौरका जन्मिएका ढकालकोे भुइँबाट उठेर सफलताको यो उचाइसम्म आइपुगेका व्यक्ति हुन् ।

व्यवसायी ढकाल यसअघि दुईपटक महासंघको कार्यकारिणी समिति सदस्य र एकपटक उपाध्यक्ष भइसकेका छन् ।

नेपाल रेमिट्यान्स एसोसिएसन, नेपाल–मलेसिया र नेपाल–इन्डोनेशिसया चेम्बरको अध्यक्ष पनि भइसकेका छन् ।

महासंघको ५४ औं साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यकारिणी समिति निर्वाचित पनि गरेको छ ।

महासंघको विधानअनुसार अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा अध्यक्ष निर्वाचित भएका छन् ।

हिजो शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट महासंघका वरिष्ठ उपाध्यक्ष सहितको नयाँ कार्यकारिणी समिति निर्वाचित भएको हो ।

महासंघको जिल्ला नगर वाणिज्य संघ तर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ निर्वाचित भएका छन्।

किशोर प्रधान प्यानलका श्रेष्ठले चन्द्र ढकाल प्यानलका गुननिधि तिवारीलाई पराजित गरेका हुन् ।

कूल १०५ मत खसेकोमा श्रेष्ठले ५८ मत प्राप्त गरेका थिए भने तिवारीले ४७ मत पाएका थिए ।

देशभरका जिल्ला तथा नगर वाणिज्य संघबाट एक मताधिकार प्रयोग हुने यो निर्वाचनमाबाट १८ जना कार्यकारिणी समिति सदस्य पनि निर्वाचित भएका छन् ।

महासंघको निर्वाचन समितिका अनुसार राजन श्रेष्ठ, तारानाथ घिमिरे, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुनराज सुमार्गी, देवकुमार श्रेष्ठ, कवीरकुमार श्रेष्ठ, कमानबहादुर खड्का, डिबी बस्नेत, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजृन्द भगत, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य विजयी भएका छन् ।

जिल्ला नगर तर्फ १८ जना सदस्य र एकजना उपाध्यक्ष निर्वाचित हुने विधानको व्यवस्था रहेको छ ।

महासंघको वस्तुगत संघतर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

किशोर प्रधान प्यानलका अन्जन श्रेष्ठले ६२ मत ल्याएर चन्द्र ढकाल प्यानलका उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन् ।

विभिन्न १०१ वस्तुगत संघको मताधिकार हुने यो समूहबाट १४ जना कार्यकारिणी समिति सदस्यमा दुई प्यानलबाट ७–७ जना निर्वाचित भएका छन् ।

निर्वाचित समितिकाअनुसार वस्तुगत तर्फबाट नरेशलाल श्रेष्ठ, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, अरनीको राजभण्डारी, आकाश अधिकारी, सुवोधकुमार गुप्ता, सन्दिपकुमार अग्रवाल, सकुन्तलाल हिराचन, विष्णु गैरे, आकाश अधिकारी, गोविन्द ढुंगेल, सुमित केडिया, हेमराज ढकाल, भक्तबहादुर हमाल, प्रकाशसिंह कार्की निर्वाचित भएका छन् ।