कमरेड ‘प्रचण्ड’ तपाईले रोजेको बाटोवाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको ?

१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादका बाबजुध पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले १० दिन लामो समयपछि आज बसेको सचिवालय बैठकमा ३७ पृष्टि लामो धारणाको प्रतिवेदन पेस गरेका
छन् । उनले प्रतिवेदनमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव खारेज गर्ने र भदौ २६ को स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्कन प्रस्ताव गरेका छन् ।

पार्टी सचिवालयको बैठकमा ओलीले आफूमाथि अर्का अध्यक्षले लगाएको आरोप खारेज गरेका छन् । प्रचण्डले पेश गरेको प्रस्तावले पार्टीमा विग्रह निम्त्याउने भन्दै उनले त्यसलाई सचिवालय बैठकबाट खारेज गर्न प्रस्ताव गरेका छन् ।

पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔं ।’ विचार, संगठन, आचारण र आर्दशमा कुनै विचलन आउन नदिने र सबैलाई साथमा लिएर अगाडि बढ्ने उनको प्रतिवद्धता छ ।

अध्यक्ष ओलीले महाधिवेशजबाट निर्वाचित नभएका, संक्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका अन्तरिम कमिटीहरुलाई अल्पमथ र बहुमतको खेल खेल्ने थलो बनाउन समते उनले नेताहरुलाई आग्रह गरेका छन् । ‘तीन महिनाभित्र सक्ने भनिएको संगठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित बनौं । विचार, विधि, संगठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसबाट अगाडी बढ्यौ र समाधान खोजौं ।

हेर्नुस् ओलीको जवाफको पूर्णपाठ :

My Response_PM