१६ गते बस्नेगरी नेकपा सचिवालय बैठक सहियो

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बन्द खाममा जवाफी प्रतिवेदन पेश

१३ मंसिर, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठक केहीबेरअघि सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अब अर्को बैठक मंसिर १६ गते धुम्बाराहीमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बन्द खाममा जवाफी प्रतिवेदन पेश गरेका छन् ।

अब बस्ने बैठकमा दुबै अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि छलफल गरेर सुझाव दिइनेछ ।

आजको बैठकमा बोल्ने सबैले पार्टीमा गम्भीर समस्या आएको तर पार्टी फुटको दिशामा नजाने निष्कर्ष निकालिएको बैठकमा उपस्थित एक सदस्यले बताए ।

बैठकमा दुई अध्यक्ष, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमले बोलेका थिए ।