राँचुलीको दलित वस्तिमा आलगाली हुँदा ११ घरधुरी जलेर नष्ट

१३ मंसिर, कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका – ४ राँचुलिको दलित वस्तिमा भिषण आगलागि भएको
छ । सुरुमा चार घरमा आगलागि हुँदा ११ घरधुरि जलेर नष्ट भएको जिल्ला जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक चन्दबहादुर शाहका अनुसार, विहान ६ वजेको समयमा स्थानिय एक घरमा चुलोमा बालेको आगोले, घरमा सल्किदा छिमेकि तीन घरमा आगो सल्केर नष्ट भएको जानकारिमा आएको छ । तीन घरमा १० परिवार वस्दै आएको वुझिएको छ । तीन घर जलेर नष्ट भएका छन, आगोले गोठमा रहेका एक गाई र बाछो जलेर मरेका छन् । आगो स्थानियले नियन्त्रणमा लिईसकेको र थप नियन्त्रण तथा अनुशन्धानको लागि जिल्ला बाट टोलि गईसकेको छ । आगलागिबाट मानविय क्षति भने भएको छैन, भौतिक क्षतिको बिवरण निकाल्न नसकिएको प्रहरीले प्रमुख शाहले बताए । पुराना काठै काठले बनाएका राँचुलिका घरहरू आगजनिको जोखिममा छन । नगरपालिकाले, गत वर्षमात्र खरका छानामुक्त नगरपालिका बनाउने घोषण गरेपनि अहिलेसम्म छानमुक्त हुन सकेको छैन ।