प्युठानबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेका पिकप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता

११ मंसिर, चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौंतर्फ जाँदै गरेको लु १ च ९७३१ नम्बरको पिकप भ्यान चितवनको इच्छाकामना गाउँपालिकास्थित पृथ्वी राजमार्गको नाग्दी खोला नजिकैबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

चितवन प्रहरीका डिएसपी सूर्यबहादुर थापाका अनुसार भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्दा नदीमा पौडी खेलेर बाहिर निस्किएका छन् भने अन्य तीन जना बेपत्ता भएका छन् ।

गाडीका चालक प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र उनकी १५ वर्षीया बिरामी छोरी जिनिसा रोक्का बेपत्ता भएको प्रहरीले बताएको छ ।

बेपत्ता भएकाहरुो नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ ।