भारतीय विदेश सचिव श्रृंगला हर्षवर्द्धन दुई दिने भ्रमणका केही बेरमा काठमाण्डौ आउँदै

११ मंसिर, काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि अबको केही समयभित्र भारतीय विदेश सचिव श्रृंगला हर्षवर्द्धन आउँदैछन् । बिहान १०ः३० बजे काठमाण्डौ आईपुग्ने परराष्ट्र मन्त्रालयले बताएको छ ।

भारतीय विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको मन्त्रालयले बताएको छ ।

नेपालका परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आउन लागेका श्रृंगलाले आजै उच्चस्तरीय भेटवार्ता गर्ने छन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् ।

भोलि ज्यापु समाजको भवन उदघाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किने कार्यक्रम रहेको बुझिएको छ ।