नेकपाको विवाद बैठकबाट अन्त्य हुन्छ

वरिष्ठ नेता /माधवकुमार नेपाल

१० मंसिर, विरगंज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपां) का वरिष्ठ नेता तथा पूर्वप्रधानमंत्री माधवकुमार नेपालले नेकपाको विवाद बैठकबाट अन्त्य हुने बताएका छन् । नेकपा निकट नेपाल निजामति कर्मचारी संगठन पर्साको भवन उद्घाटन कार्यक्रममा नेता नेपालले बैठकबाटै सबै समस्याको समाधान बताएका छन् ।

वरिष्ठ नेता नेपालले देश विकासमा कर्मचारीहरुको मुख्य जिम्मेवारी रहेकाले काम गर्न अवसर पाएको समयमा बोलेरो होइन, गरेर देखाउन आग्रह गरे । उनले बिगतको समयजस्तो अहिलेको समय नरहेकोले कसैको दबाब र प्रभावमा नपरी काम गर्नसमेत आग्रह गरे ।

नेपाले आफ्नो कर्मचारीले आफ्नो काम इमानदारीपूर्वक गर्न थाले विकासका कामले गति लिन बताए । नेपाले कर्मचारीहरु कुनै पनि लोभ–लालचमा नपरेर निर्धक्क काम गर्दै देश विकासमा सयोग गर्नु आजको आवश्यकता बताएका थिए ।