म्याग्दीकी सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को प्रभावशाली महिलाको सूचिमा

९ मंसिर, काठमाडौं । काठमाण्डौंको पशुपति क्षेत्रमा आफन्त नभएका बेवारिसे लास व्यवस्थापन गरेर दागबत्ती दिएर सतकर्म गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को प्रभावशाली महिलाको सूचिमा परेकी छिन् ।

ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले आज मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।
उनले आजसम्म तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।