आज थप १९८० जना कोभिड–१९ का संक्रमित थपिए

८ मंसिर, काठमाण्डौ । देशभरमा आज थप १९८० जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनामा गरिएको परीक्षणमा १९८० जना संक्रमित भेटिएका हुन् ।
योसँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ ।