कांग्रेसद्धारा प्रतिनिधि सभातर्फ रिक्त एक पदमा मोहनप्रसाद पाण्डेलाई चयन

८ मंसिर, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ रिक्त एक पदमा मोहनप्रसाद पाण्डेलाई चयन गरेको छ ।

स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का पाण्डेलाई कांग्रेसको सिफारिसअनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको छ ।

कांग्रेसले गत २०७४ सालमा आयोगमा बुझाएको बन्द सूचीमा समानुपातिकतर्फ पाण्डेको नाम थियो ।
तर पाण्डेले सपथ लिइसकेका छैनन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सम्भवत आज पाण्डेलाई पद तथा गोपनियताको सपथ खुवाउनेछन् ।

यसअघि कांग्रेसका सांसद कास्कीका सूर्यबहादुर केसीको निधन भएपछि उक्त पद रिक्त थियो ।

समानुपातिकतर्फ खस आर्य कलस्टरमा कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पाण्डेको नाम केसी भन्दा पछि थियो ।