कोरोना भाइरसका संक्रमित १९४५ जना थपिदा ५३६४ जना कोरोना मुक्त

५ मंसिर, काठमाडौं । आज देशभरमा १९४५ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा २७४० महिला र १२०५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । उनीहरुमध्ये १२९८ जनाको मृत्यु भएको छ भने १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएका छन् । आजै मात्र ५३६४ जना संक्रमणमुक्त भएका हुन् ।

हाल देशभर २४ हजार ६६५ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा छन् भने ४०३ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११०७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ८६२, ललितपुरका १७४ र भक्तपुरका ७१ जना छन् ।

कास्कीका ८८ जना, चितवनका ८७, रुपन्देहीका ६०, सुनसरीका ५५, काभ्रेका ५४, दाङका ५१, संखुवासभाका ३४, झापाका ३३, धनुषा र कैलालीका २४–२४ जना, मोरङका २०, नवलपरासी र दार्चुलाका १९–१९ जना, सिराहा र दोलखाका १७–१७ जना, पाल्पाका १५, धादिङ र नवलपुरका १४–१४ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र लमजुङका ११–११ जना तथा बर्दियाका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मकवानपुर र बाँकेका ८–८ जना, उदपयुर, बारा, तनहुँ, स्याङ्जा, कपिलवस्तु र कञ्चनपुरका ७–७ जना, ओखलढुंगा, रामेछाप, प्युठान र सल्यानका ६–६ जना, बाग्लुङ र डडेलधुराका ५–५ जना, तेह्रथुम, महोत्तरी र गुल्मीका ४–४ जना, सोलखुम्बु, सर्लाही र बैतडीका ३–३ जना, इलाम, धनकुटा, सप्तरी, सिन्धुली, अर्घाखाँची, दैलेख, सुर्खेत र बझाङका २–२ जना तथा पाँचथर, भोजपुर, पर्सा, रौतहट, पर्वत, म्याग्दी, कालीकोट, रुकुम पश्चिम, अछाम, डोटी र बाजुराका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।