कोरोना संक्रमणबाट बिरामी भएका पोखरामा एकै दिन ५ जनाको मृत्यु

५ मंसिर, पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेहरुको क्रममा अजा पोखरामा एकैदिन ७ जना कोरोना भाइरस (कोभिड(१९) को संक्रमितको मृत्यु भएको छ । कास्कीको पाखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको
छ । निमोनिया भएर अस्पताल गएका उनलाई ५ मंसिरमै कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१३, कास्कीका ५५ वर्षीय पुरुषको शुक्रबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका उनलाई निमोनिया भएको थियो र शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको
थियो ।

पोखरा महानगरपालिका–८, कास्कीका ५४ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल केलजमा मृत्यु भएको छ । २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । मिर्गौला सम्बन्धी रोगबाट पीडित उनलाई निमोनिया समेत भएको थियो ।

पोखरा महानगरपालिका–२७, कास्कीका ७१ वर्षीय पुरुषको बिहीबार राति गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आउनुका साथै निमोनिया भएका उनलाई २९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–९, कास्कीका ६८ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–२१, कास्कीका ७५ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

म्याग्दे गाउँपालिका–४, तनहुँका ५१ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई ३ मंसिरमा कोरोना संक्रमण देखिएको थियो ।