मोटरसाइकलको ठक्करबाट नावाबालकको मृत्यु, आफन्तद्धारा कर्णाली राजमार्ग अवरुद्ध

३ मंसिर, सुर्खेत । मोटरसाइकलको ठक्करबाट आज वीरेन्द्रनगर नगरपालिका–१ का ३ वर्षीय बालक समिर नेपालीको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले टायर बालेर कर्णाली राजमार्ग बन्द गराएका हुन् ।

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि मृतकका आफन्तले बुधबार सिद्धार्थ होटल चोकमा टायर बालेर विरोध जनाएका हुन् । बालकलाई ठक्कर दिएर फरार हुने मोटरसाइकल र चालक दुवैको पहिचान हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले बताए । उनका अनुसार मोटरसाइकल र चालकको खोजी भइरहेको छ ।

प्रदर्शनकारीले दोषी पहिचान गरी कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायत माग राखी बिरोध गर्नुका साथै राजमार्ग नै अबरुद्ध गरेका छन् ।