अश्लिताका बोली र पागल जिते कामी

२ मंसिर, पर्वत । तिहारको अन्तिम दिन भाईटिकाको बेलुका चार बजेतिर एकजना पागल हाम्रो घरमा आई पुग्यो । त्यो पागल को नाम हो जिते कामी । त्यसको चरित्र सार्है खराब छ वा थियो । त्यो पागल जिते कामीले अस्लिल शब्दमा महिलालाई जे पनि बोल्ने गरेको र बोलिरहेको थियो । त्यस्ता अस्लिल पागलपन सँगजोगिन मुश्किल थियो । त्यसले महिला दिदी बैनिलाई जे पायो तेहि भन्ने र कोरोना लागेको बेला हिड्न हुदैन भनेर सिकाउदा अस्लिल बोल्ने गर्थ्यो र त्यो चरित्रहिन पागलले आफ्नै श्रीमतीलाई पिटेर मरणासन्न पारी तराई तिर भागेको तर त्यहाँ पनि आफ्नै भाउजु पर्नेलाई भगाएर ल्याएको पनि थियो ।

मुखमा जे पायो त्यही अश्लिल शब्द बोलिरहने खालको मान्छे थियो । उसले हामी महिलालाई जे मनपरी बोल्ने र घर–घर मा डुल्ने गर्थ्यो र चोरेर पनि हिड्ने गर्थ्यो । यो पागल हो, मनपरी बोल्छ भनेर सहन्थे र डराउथे गाउघरका मान्छे । चरित्रहीन यस्ता पागललाई नजिकको प्रहरी प्रशासनले सुधार केन्द्रमा लगेर राख्नु पर्ने हैन र ? जे पायो तेहि भन्ने, जे पायो तेहि बोल्नेलाई कानुनी कठघरामा राख्नुपर्ने देखिन्छ । त्यस्ता अस्लिलताका पेशा गर्ने भाउजु–बुहारी सिहार्ने र अस्लिल चरित्रहिन पागलहरुलाई सरकारले कुनै व्यवस्था गर्नु पर्ने देखिन्छ ।

गाउंमा त्यस्ता खालका मान्छेहरुबाट महिला मात्र नभएर पुरुष समेत सुरक्षित हुदैनन । त्यसका पनि कोभिड–१९ को महाकारीका बेला नहिड भन्दा अस्लिल बोल्दै हिड्ने र नजिकै आएर बस्ने चरित्रहिन पागलहरुलाई सम्बन्धित सरकारी निकाय र प्रहरी प्रशासनले ठेगान लगाउनु पर्नेमा त्यसो पनि हुन सकेको छ्रैन ।