आज मुलुकभर कोरोना भाइरसका २१११ जना संक्रमित थपिए

२८ कात्तिक, काठमाडौं । आज शुक्रबार थप दुई हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या दुई लाख ६ हजार ३५३ पुगेको छ ।

त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या एक लाख ६८ हजार १ सय २९ जना निको भएका छन् ।