दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे,

गोकुल बाँस्कोटा

२५ कात्तिक, बुटवल । प्रधानमन्त्री ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । मंगलबार बिहान ट्वीट गर्दै बाँस्कोटाले व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही गर्ने कुरा पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताएका छन् ।

‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे,’ बाँस्कोटाले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।

नेकपामा हाल आन्तरिक किचलो बढ्दै गएको छ । गत शनिबार सचिवालयका बहुमत नेताहरुले बैठक बोलाउन माग गर्दै अध्यक्ष ओलीलाई पत्र बुझाएका थिए । उनीहरुले सोमबारभित्र बैठक डाक्न दिएको अल्टिमेटम सकिएको छ । मंगलबार एक दिन पर्खेर औपचारिक बैठक बोलाउने तयारीमा कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपाल छलफलमा रहको बुझिएको बास्कोटाले सामाजिक संञ्जाल टुयीटबाट भनेका छन् ।