रोल्पा जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

२३ कात्तिक, दाङ । दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

चालक रोल्पा गंगादेव गाउँपालिका ७ बथानका ३५ वर्षीय भीमबहादुर ओली, गँगादेव ५ का ६५ वर्षीय गंजबहादुर बुढा र दाङ बबई गाउँपालिकका २ पंचकुलेका १७ वर्षीय भीमराज बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

जिपमा सात जना सवार थिए । प्राप्त जानकारीअनुसार तीन जनाको घटनास्थलमै मृत्यु र चार जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको बुझिएको छ ।

‘चार जना हामफालेर बाँचेका र उकालो चढ्न नसकेर जिप ब्याक ब्याक हुन खोज्दा दुर्घटना हुन पुगेको हो ।