आज थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि

२२ कात्तिक, काठमाडौं । आज मुलुकभरमा थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी गराएको छ ।

योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

त्यस्तै, आजै २ हजार २ सय ६ जना निको भइ घर फर्केका छन् । निको हुनेको संख्या एक लाख ५५ हजार ११४ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार थप १७ जना मृतकमा कोरोना पुष्टि भएको छ । योसहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ ।